काठमाडौं,१६ असार । कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली जनता निराश भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मदिन नमनाउने बताएका छन् ।

शाहले बुधबार एक विज्ञप्ति जारी गरी जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको जनाएका हुन् ।

मुलुककाे राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको
शाहले जनाएका छन् ।

शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नपाएको समेत बताएका छन् । ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ’, शाहले जारी विज्ञप्तिमा भनेका छन्, ‘आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइरहेको छ।’