बुटवल,१६ असार । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको सडक दुर्घटनामा परि मृत्युु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बा १७ च ६०६६ नम्बरको कार हिजो बेलुका रूपन्देहीको देबदह १० चरङ्गेकाे मुडाबासमा रहेको कल्भटमा कार ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा रहेका अर्का एक जना घाइते भएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका घर भएका भण्डारी कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् ।
भण्डारी त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक रहेका थिए ।








