काठमाडौं,१२ असार । नेपालमा शनिबार थप २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७०४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १७४ र ४ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा ८४२ जना गरि २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९१४ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार ९७५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना रहेका छन् ।
त्यस्तै कास्कीमा १२७, नुवाकोटमा ११०, मोरङमा ९९, झापामा ६८, तनहुँमा ५४, सुर्खेतमा ५०, चितवनमा ४३, मकवानपुरमा ३६, सुनसरीमा ३५, कैलालीमा २८, नवलपरासी पूर्व र सर्लाहीमा २४÷२४, काभ्रेमा २२, लमजुङमा १६, रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।







