This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

बुटवल,९ असार । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार मंगरबार साँझ ५२ एसपी र ५७ जना डिएसपीको सरुवा गरिएको सूचना सार्वजानिक गरिएको हो ।

लुम्बिनी प्रदेशमा आकर्षक स्थान मानिने रुपन्देहीमा मनोजकुमार केसी र बाँकेमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । एसपी केसी नेपाल प्रहरीको प्रधान कार्यालयको अन्वेषण तथा योजना कार्यालयमा कार्यरत थिए भने एसपी अधिकारी गौतम बुद्ध अन्तरराष्टिय विमान स्थल भैरहवामा कार्यरत थिए ।

त्यस्तै, दानबहादुर कार्कीको कपिलवस्तु, दिनेश मैनालीको तनहुँ, नकुल पोखरेलको धनकुटा, पदमबहादुर विष्टको सुर्खेत, विश्व अधिकारीको कैलाली, मनोज यादवको पश्चिम नवलपरासी सरुवा भएको छ ।

एसपी महेन्द्रकुमार श्रेष्ठको इलाम र शिवकुमार श्रेष्ठको भक्तपुर सरुवा भएको छ ।

त्यस्तै बुटवल स्थित इलाका प्रहरी कार्यालयमा डीएसपी मनोज कुँवरलाई सरुवा गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत थिए । नयाँ बानेश्वर बृत्तका दक्षकमार बस्नेतलाई सिन्धुपाल्चोक पठाईएको छ भने अमर बहादुर क्षेत्रीलाई कञ्चनपुरबाट अर्घाखाँची पठाईएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट डीएसपी प्रतित सिंह राठौरलाई केन्द्रीय विशेष कार्यदलमा सरुवा गरिएको छ । बाँकेका सुभास खड्कालाई उपत्यका ट्राफिकमा र बाँकेमा मधुसुदन न्यौपानेलाई सरुवा गरिएको छ ।