काठमाडौँ,७ असार । अनलाइन टिभी पत्रकार संघले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न माग गरेको छ ।

संघका महासचिव पवन फुयाँलले प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको दुरुपयोग बढेकाे भन्दै रोक्न माग गरेका हुन ।

गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको संघले जनाएको छ ।

पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न,छानबिनलाई कडाइ गर्न,शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि संघले सबैसंग अनुरोध गरेको छ ।

साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि संघले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।