काठमाण्डाै,२९ जेठ । ढ विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा नेपाललाई अस्ट्रेलियाले ३–० गोलले हराएको हो ।
सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो ।
नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका थिए । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अंकका साथ चौथो स्थानमा रहेकाे छ ।यससँगै नेपालकाे विश्वकप तथा एसियनकप छनोटको यात्रा टुंगिएको छ ।








