काठमाडौं,२८ जेठ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरूलाई प्रहरीले काठमाडौंकाे बालुवाटारबाट पक्राउ गरेको छ ।

नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।