
काठमाण्डाै,२८ जेठ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सरकारले प्रायः सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन । प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन ।
निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन् ।







