प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;

काठमाण्डाै,२६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै सभामुखले पत्र लेखी जेठ २८ गते दिउँसाे दुई बजे संघीय संसद् भवन नयाँ बानेश्वरकाे ल्होत्से हलमा बोलाएको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएको सभामुख सापकोटाद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएकाे छ ।