काठमाण्डाै,२६ जेठ । भारतको उत्तर प्रदेशमा गए राति भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किएर भएको दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएकाे र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।






