काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले चुरे दोहनविरुद्ध राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा नेविसंघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् ।

चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ,सबिन भण्डारी, लक्ष्मण भट्ट रहेका छन् ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।

महामन्त्री भट्टराईले भने, ‘चुरे दोहनको नीति फिर्ता नभएसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
ओली सरकारको यो गैरजिम्‍मेवारपूर्ण कार्यको विरोध प्रदर्शन जारी राख्ने उनको भनाइ छ ।

उनलेे पक्राउ परेका नेताहरुको तत्काल बिनासर्त रिहाइको माग गरे ।