काठमाडौ,२४ जेठ ।

कनमचलाउ मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी गरी रिट दायर गरेका हुन् । सोमबार अदालत प्रशासनले रिट दर्ता गरेको हो ।

विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भएको हुनाले मन्त्रिपरिषद् विस्तर गर्न नमिल्ने निवेदकको दाबी छ ।

धारा ७६ अनुसार अदालतमा मुद्दा चलिरहेकोले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक भएको उनिहरूकाे दावी छ ।