काठमाडौ,२१ जेठ ।
चुनाव घोाषणा गरेको कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
जनता समाजवादी पार्टीका पुर्व राजपा समूहका बरिष्ठ नेता राजेन्द्र महतोकाे नेतृत्वमा कामचलाउ मन्त्रीपरिषदमा सहभागी हुने भएका हुन् ।
पार्टीले कारबाही गरेका जसपाका ४ नेता सहित महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै राति ८ बजे सपथ लिदँदैछन् ।
महन्थ ठाकुर पक्षका जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिपछि १० जनाको नाम बुझाइएको र आजै सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो ।
जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् ।
स्रोतका अनुसार, राजेन्द्र महतो उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री बन्ने छन् ।
त्यस्तै शरद सिंह भण्डारी ऊर्जा तथा जसस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी, महिला तथा बालबालिका र एकबाल मियाँ युवा तथा खेलकूद मन्त्री बन्ने सहमित भएको बताइएको छ ।
चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला बालबालिका राजयमन्त्रीमा सपथ लिने जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् ।
मन्त्रीमण्डल पुनर्गठनसँगै बर्तमान मन्त्रीपरिषदका ४ जनाबाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।
एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
आफैंले चुनाव घोषणा गरेर कामचलाऊ बनेको ओली सरकारले नयाँ मन्त्रीहरु चयन गरेको हो ।