Share this News on Social Networking Pages

काठमाडाैं,२१ जेठ । सरकारले पत्रकारहरुको सीप परीक्षण गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।

सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराकाे जानकारी गराएका हुन् ।
त्यसका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको समेत उनले बताए ।
कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्न आधारभूत दक्षता, परीक्षण र उत्तीर्ण जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक भएकोले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए ।

यस क्षेत्रको विज्ञहरुको राय, सल्लाहबमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन पहलकदमी भएको पनि उनले बताए ।
त्यसका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर काम समेत बढाइसकिएको मन्त्री गुरुङले जानकारी दिए ।