Share this News on Social Networking Pages

काठमाण्डाै,२१ जेठ ।
आज सर्वोच्च अदालतको ‘फुट कोर्ट’ अर्थात न्यायाधीशहरुको पूर्ण बैठक बस्दैछ ।
सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पूर्ण बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ । तर विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ ।

न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मानेका छैनन भने उनिहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन् ।
संवैधानिक इजलासको विषयमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने वचन दिएका छन् ।