लुम्बिनी प्रदेशको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न,नीति तथा कार्यक्रमबीना बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेकोमा विपक्षी दलहरूद्वारा बिराेध प्रकाश खनाल
बुटवल,२० जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।
बिहीबार बसेकाे प्रदेश सभाकाे आठौं अधिवेशनकाे दाेस्स्राे बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन् ।
प्रदेश सभामा आगामी बर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दै आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले आगामी बर्षकाे बजेट काेभिड केन्द्रीत हुने बताए ।
उनलेे बजेटले कोभिडका कारण थला परेको आर्थिक क्षेत्रलाई सहयोग गर्ने र स्वास्थ्य सुविधालाई जनताको पहुँचमा पुर्याउने गरी बजेट विनियोजन गरिने उल्लेख गरे ।
नीति तथा कार्यक्रमबीनानै बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेको बिषयमा प्रदेश सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिदी मन्त्री चाैधरीले बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडी संसदमा विधेयक प्रस्तुत गर्नु पर्ने संबैधानिक व्यवस्था अनुसार समयाभावका कारण नीति तथा कार्यक्रम पेस नगरी बजेटका सिद्धान्त र प्रथमिकता पेस गरिएको सदनलाई जानकारी गराए ।
प्रदेश सरकारकाे बैधानिकतामाथि प्रदेश सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री चाैधरीले हाल सत्ता समिकरणमा केही फेर बदल भए पनि मुख्यमन्त्री नियुक्त हुदा बहुमतमा रहेकोले बैधानिकतामाथि प्रश्न उठाउनुपर्ने अवस्था नरहेको जिकिर गरे ।
प्रदेश सरकारले पेस गरेको आर्थिक बर्ष २०७८/०७९ काे बिनियाेजित बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै विपक्षी दलका प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारकाे बैधानिकतामाथि प्रश्न उठाउदै बजेट प्रस्तुत गर्ने परम्परागत मुल्य मान्यता बिपरित प्रदेश सभामा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत नगरी बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेकोमा बिराेध गरेका थिए ।
पहिले सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल गरेर बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस गर्नुपर्नेमा त्यसाे नगरी प्रदेश सरकारले नीति तथा कार्यक्रमबीनै बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेको भन्दै उनिहरूले अल्पमतकाे सरकारले संसद छलेर बजेट ल्याउन लागेको त हाेइन भनी आशंका ब्यक्त गरे ।
बाैद्विक,सैद्धान्तिक र निष्ठावान नेताकाे छवि बनाएका मुख्यमन्त्री शंकर पाेखरेल आफ्नो छबिलाई तिलाञ्जली दिएर छलछाम र विधि प्रक्रिया कुल्चेर अनैतिक र अबैधानिक तवरले दाेस्राे पटक मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै बपक्षी दलकन नेताहरूले नैतिकताकाे आधारमा राजिनामा दिएर आफ्नो व्यक्तित्व र छबि कायम राख्न सुझाव दिएका थिए ।
प्रदेशका जनतालाई काेराेना महामारीबाट जाेगाउन छाडेर मुख्यमन्त्री पाेखरेल केन्द्रीय र आफ्नो सत्ता लम्ब्याउने खेलमा लागेको भन्दै उनिहरूले संविधान,कानुन र लाेकतान्त्रिक मुल्य मान्यता बिपरित मुख्यमन्त्री पाेखरेल संघीय सरकारकाे प्रतिछाया बनेको आराेप लगाए ।
प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता गतबर्षकै फाेटाेकपि रहेको भन्दै प्रदेश सभा सदस्यहरूले आगामी बजेट काेराेनाबाट जनताकाे रक्षा गर्ने र गरिब,बिपन्न तथा मजदुरहरूकाे घरमा चुलो बाल्ने खालको हुनुपर्नेमा जाेड दिएका थिए ।
छलफलमा प्रदेश सभाकाे प्रदेश मामिला तथा कानुन समितिका सभापति दामा कुमारी शर्मा,नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगर,कांग्रेसका प्रदेश सभा सदस्यहरू अष्टभुजा पाठक,रमा अर्याल,शंकर गिरी,नेकपा माओवादी केन्द्रका नेता इन्द्र प्रसाद खरेल,दिपेश थारू,दीपा बिक,जनता समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक पुरमती ढेँगा,राष्ट्रिय जनमाेर्चाकी नेत्री तारा जिसीले सहभागिता जनाएका थिए ।
त्यस्तैगरि सत्ता पक्षिय प्रदेश सभा सदस्यहरू बिष्णु पन्थी,तुल्सी प्रसाद चाैधरी,रेवतिरमण शर्मा र कमला देवी बिकले भने बवेटका सिद्धान्त र प्राथमिकता समग्रमा राम्रो रहेको भन्दै कार्यान्वयनमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए । प्रदेश सभाकाे अर्को बैठक यही जेठ २५ गते मंगलबार दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको छ ।