Share this News on Social Networking Pages

बुटवल,१९ जेठ ।
मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा आज बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामि तथा स्वास्थ्यकर्मीहरूलाई खाजा बितरण गरिएको छ ।
स्थापना दिवसकै अवसरमा समाजले सृजनसिल समाजद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न समेत गरिएकाे छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत काेराेना संक्रमित र स्वास्थ्यकर्मीहरू गरि १५५ जनालाई खाजा तथा सृजनसिल समाजद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७०००/- बराबरको सहयोग गरिएको शान्ति समाज रूपन्देहीका सभापति डिपी खनालले जानकारी दिए ।

सहयोग सामाग्री हस्तान्तरण गर्दैन समाजमा केन्द्रीय सभापति गाेविन्द खनालले नेपालका सत्ता संचालकहरुको लोकतन्त्रप्रतिको इमान्दारितामा आएको स्खलनले ब्यबस्थाको जग हल्लिन लागेको बताए ।

सरकार जनउत्तरदायी र संबेदनसिल बन्न नसक्दा कोरोना नियन्त्रण र संक्रमितको औषधि उपचार अव्यवस्थित भएकोले नागरिकले जीवन गुमाउनु परेकाे उनको भनाइ थियो ।

समाजका जिल्ला सभापति डिपी खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय सचिव मिना ढ्काल, जिल्ला जिल्ला उपसभापति कृण भट्टराई,पुर्व जिल्ला सभापति हरिस ढकाल,वुमन केयर नेपाल रूपन्देही अध्यक्ष रिता के सि लगायतकाे सहभागिता रहेको थियो