काठमाडौं,१८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशलाई आउटडेटेड र अदालतमा बहस गरिरहेका अधिवक्ताहरुलाई ताण्डव र तामासा गरेको अभिव्यक्ति दिएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीमा खराब कालो सोँच भएको टिप्पणी गरेका छन् ।
सोमबार एमालेको ओली समूह निकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधिसहरुको वक्तब्यलाई आउटडेटेडहरुको अदालतमाथि हस्तक्षपकारी ताण्डव र अधिवक्ताहरुलाई कालो कोटधारीहरुको तामासा गरेको भनी दिएको अभिव्यक्ति प्रति प्रवक्ता शर्माले प्रधानमन्त्रीमा खराव कालो सोँच भएको टिप्पणी गरेका हुन् ।
शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’
२ दिन पहिले संविधान मासिने खतारा आएको औंल्याउँदै चार पूर्व प्रधानन्यायाधिसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । पूर्वप्रधानन्यायाधीशहरुलाई ओलीले सरकारी तलव खाएर वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? भन्दै प्रश्न गरेका थिए । विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? भनि प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका छन् ।