बर्दिया,१८,जेठ । पाटेबाघको आक्रमणबाट बर्दियाको मधुवनमा फेरि एक महिलाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्री रहेकी छन् ।
मधुवन गाउँ नजिककाे राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल-भारत सीमा नजिकै रहेकाे सामुदायिक वनमा थापालाई सोमवार दिउँसो बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।
डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगेर मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएकाे छ। दिउँसै बाघकाे आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।