Share this News on Social Networking Pages

दाङ,१७ जेठ ।
राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस सहितको विपक्षी गठबन्धनका दृगनारायण पाण्डेय निर्वाचित भएका छन ।

नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई
५४६ मतभारकाे अन्तरले पछाडि पार्दै पाण्डेय विजयी भएका हन् । उजलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपाकाे उपेन्द्र यादव-बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमाेर्चाकाे समर्थन थियोे । खड्कालाई एमाले,जसपा महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । पाण्डेय यस अघि प्रदेश सभा सदस्य थिए ।

एमालेबाट प्रदेश सभा सदस्यमा जितेका पाण्डेयले राजिनामा दिएर काग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तह तर्फ २१२४ मत भार र प्रदेश तर्फ मतभार २०१६ प्राप्त गरेका छन । खड्काले स्थानीय तह मतभार र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन । ।निर्वाचनमा तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । 2 मत बदर भयको थियो । नेपालगन्ज उपमहानगर का नगर प्रमुख,नरैना गाउपालिका र दरबार गाउपलिकाका अध्यक्ष मत हाल्न आएनन ।