काठमाडौं,१६ जेठ ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको पेशी जेठ १८ गते मंगलबारका लागि ताेकिएको छ ।
आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि कानुन व्यवसायीहरूले साेहि बिषयमा बहस गरेका थिए ।
जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको छ । दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे भने सर्वोच्चले निर्णय गर्न बाँकी छ ।