बुटवल,११ जेठ ।
त्रिमुल नेपाल पार्टीले नागरिकता अध्यादेश नेपाललाई फिलिस्तिन बनाउने षड्यन्त्र भएको जनाएको छ ।
साे पार्टीका अध्यक्ष भरत दाहालले आज एक विज्ञप्ति जारी गरि नागरिकता अध्यादेश नेपाललाई फिलिस्तिन बनाउने षड्यन्त्र भएको जनाउदै कुर्चिका लागि अक्षम्य अपराध गर्नेहरूका बिरूद्वमा एकजुट हुन अपिल गरेका हुन् ।
नागरिकता अध्यादेश विदेशि दलालिकाे पराकाष्ठा भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ-´इन्डियासँगकाे सिमाना खुला रहेको,सिमा पारिबाट आउने इन्डियनहरूकाे तथ्यांक राख्ने प्रचलन नभएको,६० बर्षदेखि देशमा तिब्बती शरणार्थीहरूकाे ठूलो संख्या रहेको र गुपचुप किसिमले राेहिंयाहरूलाई नेपालका प्रवेश गराइदै आएको यथार्थतालाई नदेखेझै गरेर जन्मकाे आधारमा नागरिकता बाड्ने र तिनका सन्तानहरूलाई बंशजकाे आधारमा नागरिकता दिने ऐन बनाउने अपराध गर्ने विदेशी दलालिकाे पराकाष्ठा हो ।´
याे षड्यन्त्र नेपालकाे भू-राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरूकाे स्वार्थसँग जाेडेर लैजाने षड्यन्त्रको हिस्सा भएको आराेप लगाउदै विज्ञप्तिमा नेपालमा विदेशी जनसंख्या बढाएर नेपालकाे विखण्डन गरि आफ्नो उद्देश अनुरूपको इलाका निर्माण गर्ने र विदेशीहरूकाे अधिकारलाई नेपाली नागरिक सरह स्थापित गर्ने योजनाबाट अघि बढाइएको यो रणनीति दरबार हत्याकाण्डसँग जाेडिएकाे एउटा महत्त्वपूर्ण विषय हाे भन्नेमा कुनै शंका छैन भनिएको छ ।
विदेशी षड्यन्त्रका कारण फिलिस्तिन,श्रीलंका र फिजी अन्त्यहीन द्वन्द्वमा फसेको उल्लेख गर्दै विज्ञप्तिमा ४ बर्ष अघि पश्चिमा मुलुकका संघ संस्थाहरूले तिब्बती शरणार्थीहरूलाई जन्मकाे आधारमा नेपाली नागरिकता दिनुपर्ने आवाज उठाइसकेकाे स्मरण गराइएको छ । यहीँ प्रावधानलाई समातेर राेहिंगाहरूले नेपाली नागरिकता माग गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
जन्मकाे आधारलाई समातेर इन्डियाले आफ्ना नागरिकहरूलाई बच्चा जन्माउने बेलामा नेपालका अस्पतालहरूमा पठाउने र जन्म दर्ता गराउने गरेको १५ बर्ष भइसकेको भन्दै विज्ञप्तिमा यसरी नेपालका अस्पतालहरूमा जन्म दर्ता गराइएका इन्डियनहरूले १६ बर्ष पुगेपछि नेपाली नागरिकता माग गर्ने दाबी गरिएकाे छ ।
कुर्सीका लागि देशको अस्थित्त्वसँग खेेलवाड गर्ने यस्ता अपराधीहरूसँग आम नेपाली जनता सचेत हुन नसक्नु,अपराधमा लिप्त रहेका दलहरूको पछि लाग्नु र समयमै प्रतिकारमा उत्रन नसक्नु देशको दुर्भाग्य बन्दै गएको उल्लेख गर्दै विज्ञप्तिमा देशको सबैभन्दा ठूलो समस्या आयातित नागरिकता भएको जनाइएको छ ।
त्यस्तै विज्ञप्तिमा १० बर्षपछि यही पंक्तिका आडमा देशमा पृथकतावादी गतिविधि तिब्र हुने दाबी गर्दै एक मधेस एक प्रदेशको इन्डियन नारा यही नागरिकता ऐन पारित भएपछि आएको हो भन्ने इतिहास बिर्सन नहुनेमा जाेड दिइएको छ ।
दलालहरूलाई एक अर्कासँग लडाएर कुर्सी जाेगाइदिने आश्वासनमा विदेशीहरूले यस्ता काम कार्यान्वयन गराउदै आएको जनाउँदै विज्ञप्तिमा केपी ओलीकाे हकमा पनि यही कुरा लागू भएको दाबी गरिएको छ ।
यिनिहरूकाबिचका नक्कली बिवादकाे भ्रममा नपरी आम नेपालीहरू नागरिकता षड्यन्त्रका विरूद्व एकजुट हुन आवश्यक भैसकेकोमा जाेड दिदै विज्ञप्तिमा अन्यथा आफ्नो देश गुमाएका फिलिस्तिनीहरू आफ्नै देशमा शरणार्थी देश खाेजिकालागि बलिदानी गरिरहेकाे अवस्थामा पुगेजस्तै हामी पनि त्यस्तै अवस्थामा पुगिने दाबी गरिएको छ ।