काठमाण्डाै,११ जेठ । नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार तीन सय ८७ जना र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ४ जना काेराेना संक्रमित निको भएका छन् ।
यससँगै नेपालममा निको हुनेको सङ्ख्या ४ लाख ४ हजार ८ सय ८७ जना काेराेना संक्रमित निको भएका छन् ।
यो संख्या कुल संक्रमितको ७६ दशमलव ५६ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक सय ६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना ६ हजार ७ सय जनाको मृत्यु भइसकेको छ । हाल नेपालमा एक लाख १७ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।