काठमाडौं,११ जेठ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
उनीहरुले काठमाडौंकाे पुतलीसडक स्थित शंकरदेव क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।
यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने राष्ट्रिपति निवास सितलनिवास अगाडि बिराेध प्रदर्शन गरेको थियोे । प्रदर्शनका क्रममा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ परेको थियो ।