काठमाडौ,११ जेठ ।
पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् ।
मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको भन्दै प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका हुन् । ।
‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी दिइन् ।
बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल सहभागी थिए भने एक जना भर्चुअल माध्यमबाट सहभागी भएको पूर्व सभामुख घर्तीले बतइन् । एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित नभएको बताइएको छन्द ।