Share this News on Social Networking Pages

काठमाडौं,११ जेठ । बाल मन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण
पुष्टि भएको छ ।
नेपाल बाल संगठन अन्तर्गतका बाल मन्दिरले सिफल र नक्सालमा राखेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । नक्सालको बालमन्दिरमा रहेका संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको उनलेे बताइन् ।

यस्तै सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले जानकारी बताइन् ।

यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

संक्रमितमा सामान्य ज्वरो आउने, खोक्ने लक्षण देखिएको छ र संक्रमणको पुष्टि भएका अधिकांश लक्षण पनि नदेखिएको बाल संगठनले जनाएको छ ।