Share this News on Social Networking Pages

काठमाडौँ,१० जेठ ।
नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्च अदालतमा तीन रिट पेस भएको र दर्ताको क्रममा रहेको सर्वोच्च अदालत स्रोतले जनाएकाे छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले नागरिकता अध्यादेश विरुद्ध रिट पेस गरेका हुन् ।

नागरिकता अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेकाे अभिवक्ता जोशीले जानकारी दिई ।अध्यादेशमा भएका प्रावधान नेपालको राष्ट्रियताको विरुद्धमा रहेकोले रिट दायर गरेकाे उनलेे बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन् । नागरिकता विधेयक प्रतिनिधिसभामा अड्काएर अल्पमतको सरकारले राजनीतिक दाउपेचका लागि अध्यादेश मार्फत दूरगामी महत्वको प्रभाव पार्ने अध्यादेश जारी गरेको भन्दै विभिन्न राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका छन् ।