बुटवल,१० जेठ ।
बुटवल उपमहानगरपालिकाका ७२ सहित रुपन्देहीमा साेमबार थप २०४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१० जनाकाे पीसीआर परीक्षण गर्दा बुटवल उपमहानगरपालिकाका ७२ सहित २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २५ हजार ३०१ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको बुटवल उपमहानगरपालिकाका ७२ जना,तिलाेत्तमा नगरपालिकाका ४८ जना,सिद्धार्थनगर नगरपालिकाका १९ जना,देवदह नगरपालिकाकामा १८ जना,कञ्चन गाउपालिकाका १५ जना,सैनामैना नगरपालिकाका १३ जना,सियारी गाउपालिकाका ६ जना,सुद्दाेधन गाउपालिकनका ५ जना,गैडहवा गाउपालिका,मायादेवी गाउपालिका,राेहिणी गाउपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४ सय ९४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २० हजार ६४८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ३९६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल ४ हजार २ सय ५७ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।