बुटवल,१० जेठ । लुम्बिनी प्रदेशसभा विपक्षी सांसदहरुद्वारा सुचनाको हक माग्दै प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली कांंग्रेस संसदीय दलको सचेतक निर्मला क्षेत्री, माओवादी केन्द्रका सचेतक पार्वती पून , जसपा सचेतक पुर्मति ढेंगा र राजमो नेता तारा जि सी ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी सांसदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर गरेका प्रदेश सभा सदस्यहरु हस्ताक्षर सहितको व्यहोरा समेत प्रदेश प्रमुखको कार्यालयबाट माग गरेका छन् ।
प्रदेशससभामा विपक्षीदलका ४ सचेतकहरुले प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरले दिएको राजीनामा र त्यस सम्बन्धी कागजपत्र मागिएको माओवादी केन्द्रका सचेतक पार्वती पूनले जानकारी दिईन् । प्रदेश सभाको अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेताका रुपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुन नियुक्ति सम्बन्धि कागजपत्र समेत माग गरिएको उनलेे बताईन् ।
कुल प्रसाद के सी लाई मुख्यमन्त्री नियुक्त प्रस्ताव सहित हस्ताक्षर गरिएको निवेदन सहित अन्य कागजपत्र पनि माग गरिएको प्रदेशप्रमुखको कार्यालयसँग मागिएको छ ।