बुटवल,९जेठ ।
तिलाेत्तमा नगरपालिकाका ६६ सहित रुपन्देहीमा आइतबार थप २४९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५८० जनाकाे पीसीआर परीक्षण गर्दा तिलाेत्तमा नगरपालिकाका ६६ सहित २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २५ हजार ९७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ६६ जना,बुटवल उपमहानगरपालिकाका ५५ जना,सैनामैना नगरपालिकाका ३४ जना,देवदह नगरपालिकाकामा १९ कञ्चन गाउपालिकाका १७ सुद्दाेधन गाउपालिकनका १६ जना,सिद्धार्थनगर नगरपालिकाका १४ जना,ओमसतिया गाउपालिकाका १० जना,मायादेवी गाउपालिकाका ७ जना,राेहिणी गाउपालिकाका ४ जना, सियारी गाउपालिकाका ३ जना,लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ जना तथा काेटहिमाई गाउपालिकाका र मर्चवारीमाई गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ८ सय ८८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २० हजार १५४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप ७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ३९५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल ४ हजार ५ सय ८८ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।