काठमाडौं, ९ जेठ । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेकाे बिराेधमा नेपाल विद्यार्थी संघले शीतलनिवास अगाडिको सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई पक्राउ गरेको नेविसंघले जनाएको छ ।