बुटवल,८ जेठ ।
मध्यरातमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदम असंवैधानिक र प्रतिगामी भएको जनाएको छ ।
पार्टीका अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवाले आज एक विज्ञप्ति जारी गरि मध्यरातमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र प्रतिगामी भएको जनाएका हुन् ।
शुक्रबार मध्यराति मन्त्रिपरिषदकाे आकस्मिक बैठक बसि प्रतिनिधि सभा विघटन तथा २०७८ कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन गर्न सिफारिस गरिनु र राष्ट्रपतिद्वारा तत्काल सदर गरिएको घटनाक्रम प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा सरकार प्रमुख र राष्ट्र प्रमुखको तालमेलमा चालिएको साे कदम असंवैधानिक र प्रतिगामी भएको जनाइएको छ ।
खड्ग प्रसाद ओली नेतृत्वको अल्पमतकाे सरकारकाे विकल्पमा विपक्षी गठवन्धनद्वारा प्रस्तुत वैकल्पिक सरकार गठनको संवैधानिक दाबी वस्तुगत र न्यायसंगत हुँदाहुँदै मुलुकलाई मध्यावधि निर्वाचनमा धकेल्नु अन्ततः मुलुकमा अनिष्चय, अस्थिरता,अन्याैलता र राजनितिक दुर्घटना निम्त्याउनु हो भन्ने जनमुक्ति पार्टीले ठहर गरेको छ ।
यस अनुचित,असंवैधानिक एवम् प्रतिगामी कदमकाे घाेर भ्रत्सर्ना गर्दै विज्ञप्तिमा साे कदमका बिरूद्व उभिन आम नेपाली जनतालाई अपिल गरिएको छ ।