बुटवल,८ जेठ ।
बुटवलका ४९ सहित रुपन्देहीमा शनिबार थप १६७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६४० जनाकाे पीसीआर परीक्षण गर्दा बुटवलका ४९ सहित १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २४ हजार ८४८ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ४९ जना, तिलोत्तमामा ३२ जना,सैनामैना नगरपालिकाका ३१ जना,सिद्धार्थनगर नगरपालिकाका २४ जना,देवदह नगरपालिकाकामा १० जना,
ओमसतिया गाउपालिकाका ६ जना,राेहिणी गाउपालिकाका ४ जना, सियारी गाउपालिका र गैडहवा गाउपालिकाका ३/३ जना, सुद्वाेधन गाउपालिका र मायादेवी गाउपालिकाका २/२ जना तथा कञ्चन गाउपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका,काेटहिमाई गाउपालिकाका र मर्चवारीमाई गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ५ सय ३१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म १९ हजार २६६ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप २ जना काेराेना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३८८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।