काठमाण्डाै,८ जेठ ।
नेपालमा शनिबार थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार तीन सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५ सय ९१ जना र ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय ८९ जना गरि ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित निकाे भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या एकै दिन निकाे हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।
अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक सय २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।
यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।
अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२/५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।