लुम्बिनी,८ जेठ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश,संसदिय दलका प्रमुख सचेतक फकरुदिन खानको पहलमा लुम्बिनी सांस्कृतिक नगर पालिकालाई १० थान अक्सिजन सहितको सिलिन्डर उपलब्ध गराएका छन ।
शनिबार एक कार्यक्रमकाबिच प्रमुख सचेतक खाँन र नेपाली कांग्रेस लुम्बिनी सांस्कृति नगर सभापति सभापती मोहम्मद सईद खाँनले लुम्बिनी सांस्कृतिक नगर नगर पालिकाका प्रमुख मनमोहन चौधरीलाई अक्सिजन सिलिण्डर हस्तानतरण गरेका हुन ।
साे अवसरमा खाँनले बिषम परिस्थितिमा जनताको स्वास्थ्यलाई मध्यनजर गरि लुम्बिनी सांस्कृति नगरपालिकाद्वारा संचालित काेभिड अस्थाई अस्पताललाई अक्सिजन सहितको १० थान सिलिण्डर उपलब्ध गराइएको बताए ।
उनलेे नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमणबाट धेरैले मृत्युवरण गरिरहेको अवस्थामा कोभिड संक्रमतिहरुको उपचारमा अक्सिजनको अभावलाई थोरै भएपनि सहज बनाउन अक्सिजन सहितको सिलिण्डरको व्यबस्था गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस,लुम्बिनी सांस्कृतिक नगर सभापति मोहम्मद सईद खानले लुम्बिनीका जनताहरुको स्वास्थ्यलाई बिशेष प्राथमिकता दिएर कोभिड संक्रमितहरुको उपचारमा अक्सिजनको अभाव हुन नदिन जनप्रतिनिधीको हैसियतले लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य फकरुद्धिन खानको पहलमा अक्सिजन सहितको सिलिण्डर उपलब्ध गराइएको जानकारी दिए ।
अक्सिजन सिलिण्डर ग्रहण गर्दै लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले प्रदेश सभा सदस्य खानको पहलमा अक्सिजन सहितको सिलिन्डर उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै यसले नगरवासीको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनलेे नगरवासीमा कोभिड संक्रमित भई अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस भन्ने तर्फ नगरपालिका सचेत रहेको उल्लेख गरे ।186472465_289080632878932_5433770081758486607_n.jpg