काठमाडौ,८ जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि आफ्नाे धारणा सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको टिप्पणी गरे ।
महामारीमा समेत अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै उनलेे नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहि र त्यतिमै रोकिने वाला छैनन् ।
नेतागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’