काठमाडौं, ७ जेठ ।
नेपालमा शुक्रबार थप ८ हजार ६०७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २२ हजार ३५३ पीसीआर परीक्षण गर्दा ८,४०७ र ८७३ एन्टिजेन परीक्षण गर्दा २०० जना गरी ८,६०७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना काेराेना संक्रमित निकाे भएका छन् ।
नेपालमा हालसम्म तीन लाख ७४ हजार आठ सय ३६ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टाना थप १७७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ हजार २४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयू र ५११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालछयले जनाएको छ ।