बुटवल,७ जेठ ।
बुटवलका ११२ सहित रुपन्देहीमा शुक्रबार थप ३७० जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४९ जनाकाे पीसीआर परीक्षण गर्दा बुटवलका ११२ सहित ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २४ हजार ६८१ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ११२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा ७९ जना,सैनामैना नगरपालिकाका ६२ जना,सिद्धार्थनगर नगरपालिकाका ३९ जना,देवदह नगरपालिकाकामा १९ जना,कञ्चन गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १२/१२ जना, सियारी गाउपालिकाका ११ जना,ओमसतिया गाउपालिका र
राेहिणी गाउपालिकाका६/६ जना,सम्मरिमाई गाउपालसकाका ५ जना,सुद्वाेधन गाउपालिकाका ४ जना तथा गैडहवा गाउपालिका,काेटहिमाई गाउपालिकाका र मायादेवी गाउपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४ सय ९७ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म १८ हजार ७३५ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप ५ जना काेराेना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३८६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।