बुटवल,७ जेठ । बुटवलमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तीन जनाको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा र एक जनाको बुटवल धागो कारखाना सस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार जेठ ५ गते भर्ना भएकी गुल्मी चन्द्रकाेटकी ५० वर्षीया महिलाको शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ । जेठ ५ गते नै भर्ना भएका नवलपरासी पश्चिम बर्दघाटका ६२ वर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भएको हो ।
त्यस्तै साेहि दिन भर्ना भएका रूपन्देही सैनामैनाका ७७ वर्षीय पुरुषको बिहीबार सााझ ७ बजे मृत्यु भएको थियो । यस्तै वैशाख २९ गते कोरोना विशेष अस्पताल भर्ना भएका नवलपरासी बर्दघाटकै ३९ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको डा. गौतमले बताए ।