काठमाडौं,७ जेठ ।
प्रधानमन्त्री ओलीले आफुले गरेको प्रतिनिधि सभा विघटन एक्लै बस्दा मात्रै नभएर निन्द्रामा पनि गलत नलागेको बताएका छन् ।
उनले आफूले गरेका हरेक कामहरू सही भएको दाबी गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले गरेका काम एक्लै बस्दा मात्र होइन, निन्द्रामासमेत गलत नलागेको बताएका हुन्।
‘मलाई आफूले गरेका काम एक्लै बस्दा मात्रै होइन, निन्द्रामा पनि त्यो गलत लागेको छैन’, प्रधानमन्त्री ओलीले भने,‘अदालतले ठीक छैन भन्यो। अदालतको फैसलापछि अदालतले त्यतिबेर ठीक छैन भने पनि अब संविधानको जिवीत ब्याख्या गर्ने हो भने अहिलेसम्मको गति हेर्दा डुंगा त गन्तब्यतिर गइरहेको जस्तो लाग्दैन।’
उनले कार्यन्वयन चै अदालतको फैसला अनुसार गर्ने आफ्नो उद्धेश्य रहेको बताएका छन्।