बुटवल,७ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव तथा जनमुक्ति एकेडेमीका प्रमुख टाेप अस्लामी मगरले देशमा एउटा प्रधानमन्त्री बर्करार रहदारहदै अर्को प्रधानमन्त्रीका लागि आव्हान हुने/गरिने व्यवस्था नेपालकाे संविधानले कल्पना नगरेकाे टिप्पणी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएको अवस्थामा २४ घण्टाकाे समय समेत नदिई नयाँ सरकार गठनका लागि आह्वान गरेको सन्दर्भमा सामाजिक सञ्जाल फेसवुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उपमहासचिव अस्लामीले उक्त टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसवुकमा उनलेे भनेका छन्आ- देशमा एउटा प्रधानमन्त्री बर्करार रहदारहदै अर्को प्रधानमन्त्रीका लागि आव्हान हुने/गरिने व्यवस्था नेपालकाे संविधानले कल्पना त गरेको छैन राष्ट्रपतिज्यूकाे “भुईंफट्टा तरिका” चाहिँ अवश्य हाे ।
“संघीय लाेकतान्त्रिक गणतान्त्रिक नेपाल” काे इतिहासमा मिति २०७८ जेठ ६ गते ज्यादै महत्वपूर्ण दिनकाे रूपमा रहनेछ भन्दै उनलेे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रम खड्ग प्रसाद ओलीकाे चालामाला “वल्लाे-पल्लो घर छिमेकमा गरिने सामाजिक आदानप्रदान” जसरी चल्दै आएकाे पराकाष्ठा तर्फ बढ्दै गएको जनाएका छन् ।
प्रम ओली र राष्ट्रपतिबाट जेठ ६ गते चालिएको कदमले देशमा थप गन्जगोल र नयाँ परिदृश्य खडा गर्दैछ भन्दै उपमहासचिव अस्लामीले “निकृष्ट मनाेग्रन्थीले थला परेका एकाध”काे स्वार्थ पूर्तिका खातिर “जनताको बलमा प्राप्त उपलब्धी”लाई बली चढाउने सम्भावना थप ठाेस बनाउदै लगिएकाे विश्लेषण गरेका छन् ।
राजनीतिमा “निष्ठा” सबै रद्दीकाे टाेकरीमा डम्पिङ गरियो र फाेहरकाे डङ्गुरमा मिल्काएकाे जनताले टुलुटुलु हेर्नु पर्ने निरीहता बलियो बनाउने दुस्प्रयास बढ्दै गएको भन्दै उनलेे “मुतकाे न्यानाे” मा रमाउनेहरूकाे जमात “निहित स्वार्थ”काे “च्याखे दाउ”मा ब्वाँसाे जसरी ङ्यार्र गरीरहेकाे टिप्पणी गरेका छन् ।
मुलुककाे यस्तो हवीगत र “हुतीहारा चाला” देख्न जनताले बहुमत अवश्य दिएका थिएनन् भन्दै उनलेे ५ वर्ष सम्म सजिलै सरकार चलाउन पाउने जनमत “बाँदरको हातमा नरिवल” भने जस्तै भएकाे आराेप लगाएका छन् ।
दलकाे विकल्प दल नै भएको जनाउदै उनलेे सबै दल जनविश्वासकाे कसीमा भएको मनाेविज्ञान बढाेत्तरी भईरहदा दलभन्दा माथि साेच्न र कार्य गर्न सक्ने राष्ट्रिय चिन्तनले युक्त बृहत्तर राजनेतृत्वकाे सपना र आवश्यकता पूरा गर्न लालायितहरू-“निर्माणवादीहरूकाे बृहत्तर माेर्चा” निर्माण हुन सक्नु देशको दूरगामी आवश्यक्ता भएकोमा जाेड दिएका छन् ।
झण्डै दुई तिहाई (अत्यन्त सुविधाजनक) बहुमतका साथ प्रधानमन्त्री बनेर पनि “बिस नभएको सर्प”ले जस्तै फाेणा उठाउदै धक्कु मात्र लगाउदै आएका सम्माननीय प्रम खडग प्रसाद ओलीले नराम्ररी झटका खाएकाे उल्लेख गर्दै उपमहासचिव अस्लामीले एकातिर आफ्नो “खेताला प्यादा” हरूकाे जागिर (७ मन्त्री पद) सर्वोच्चले खाेसीदियाे भने आफ्नो बहुमत मतदाता भएपनि अली “भरेस लाग्दाे …” लाई राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजयकाे पगरी भिर्नु पर्ने दुर्दशा आईलागेकाे प्रतिक्रिया जनाएका छन् ।
नानाथरी आहान जानेका र “आफू भलाे जगतै भलाे” काे आहानमा रमेका तर पछिल्लो पटक संसदबाट विश्वासको मत नलिईकन सम्माननीय प्रम ज्यूबाट थप उच्छृङ्खलताकाे चेष्टा प्रकट भएको उल्लेख गरेका छन् ।
प्रमकाे पक्षमा बहुमत नहुने र अर्को प्रकृया अगाडि बढाउन सुटुक्क कुरा लगा (?) काे भरमा राष्ट्रपतिज्यूबाट २४ घण्टा भन्दा पनि कम समय राखेर संवैधानिक आधार विना नै “नयाँ सरकार निर्माण”काे लागि उर्दी जारी भएको छ भन्दै उनलेे देशमा एउटा प्रधानमन्त्री बर्करार रहदारहदै अर्को प्रधानमन्त्रीका लागि आव्हान हुने/गरिने व्यवस्था नेपालकाे संविधानले कल्पना नगरेकाे स्मरण गराएका छन् ।