काठमाण्डाै,७ जेठ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउन ढिला गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा ट्विटरमा ट्वीट गर्दै भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार गठन गर्न आग्रह गरेका हुन् ।
भट्टराईले बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बिचार व्यक्त गरेका छन् ।
उनलेे लेखेका छन् ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौँ, अहिल्यै गरौँ ! वीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ! ’