Share this News on Social Networking Pages

काठमाडौं,७ जेठ । प्रमुख विपक्षी नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रम बारे सबै बिकल्पमा छलफल गर्ने भएको छ ।
शुक्रबार बिहान बसेकाे कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकाल्दै सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको हो ।

संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ ।

संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने कांग्रेसले बताएको छ । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’