काठमाडौं,६ जेठ । नेपालमा बिहीबार थप ८ हजार ३०५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३०५ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेना संक्रमण पुष्टि हुनेकाे संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना काेराेना संक्रमित निकाे भएका छन् ।
नेपालमा हालसम्म ३ लाख ६६ हजार ९४६ जना काेराेना संक्रमित निकाे भएका छन् ।
हाल देशभर संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ ।
उनिहरूमध्ये ७ हजार ८१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १ लाख ८ हजार ३८ जना होम आइसोलसेसनमा रहेका छन् ।
संक्रमित मध्ये १७४८ जना आईसीयूमा छन् भने
४९२ जनालाई भेल्टिलेटर उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९० जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ५ हजार ८४७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
कुन जिल्लामा कति ?
सबैभन्दा धेरै काठमाडौंमा २,६०० जना, रूपन्देहीमा ५१०, मोरङमा ४५०, ललितपुरमा ४०३, बाँकेमा ३०९ र सुर्खेतमा ३०० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा २६०, दाङमा २४५, भक्तपुरमा २२९, बर्दियामा २०८, कास्कीमा २०१, धनुषामा १९५, पाल्पामा १३६, सुनसरीमा १२९, काभ्रेपलाञ्चोकमा १२५, महोत्तरीमा १११, कञ्चनजपुरमा १०५ र चितवनमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएो छ ।
यस्तै नवलपरासी पश्चिममा ९५, कपिलवस्तु र अछाममा ९४/९४, सल्यानमा ८२, ओखलढुंगामा ७९, सप्तरीमा ७२, दोलखामा ६७, झापामा ६४, बैतडीमा ६१, तनहुँमा ६०, धादिङमा ५६, सिन्धुलीमा ४६, पर्सामा ४५, धनकुटा र दैलेखमा ४४/४४ जना, डडेल्धुरामा ३८, डोटीमा ३७, दार्चुलामा ३५, म्याग्दीमा ३३, गुल्मीमा ३२, रौतहटमा ३१ र अर्घाखाँचीमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।
सर्लाहीमा २८, सिरहामा २७, बारा र नुवाकोटमा २५/२५ जना, उदयपुर र खोटाङमा २४/२४ जना, कालिकोटमा २२, पर्वतमा २०, भोजपुर, जाजरकोट र जुम्लामा १७/१७ जना, संखुवासभामा १४,मकवानपुरमा १३,गोरखामा १२, इलाममा ११, सिन्धुपाल्चोकमा ९,ताप्लेजुङमा ८ र बागलुङमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै पाँचथर र नवलपरासी पूर्वमा ६/६ जना, सोलुखुम्बुमा ५, रामेछाप, लमजुङ र प्यूठानमा ४/४ जना, रोल्पा, पश्चिम रूकुम र हुम्लामा ३/३ जना, तेह्रथुम र बाजुरामा २/२ जना र मुस्ताङमा १ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै ९ वर्ष मुनिका २२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२९ जना कोरोना संक्रमित थपिएका छन् ।