Share this News on Social Networking Pages

बुटवल,६ जेठ । केही दिन यता रुपन्देहीमा कोरोना संक्रमण घट्ने क्रममा रहेको छ ।

पछिल्लो २४ घण्टामा ११८५ पीसीआर परीक्षण गर्दा बुटवलका ९० सहित २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २४ हजार ३१२ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ९० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा ६९ जना,सैनामैना नगरपालिकाका ५६ जना,सिद्धार्थनगर नगरपालिकाका २४ जना,देवदह नगरपालिकाकामा २३ जना,सियारी गाउपालिकाका ८ जना, कञ्चन गाउपालिकामा ७ जना,ओमसतिया गाउपालिकामा ६ जना,सुद्वाेधन गाउपालिका,गैडहवा गाउपालिका,राेहिणी गाउपालिका,काेटहिमाई गाउपालिकाका र मायादेवी गाउपालिकामा २/२ जना मर्चवारिमाई गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ७ सय ८२ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म १८ हजार २३८ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप ४ जना काेराेना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३८१ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।