Share this News on Social Networking Pages

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलले पनि आचार संहिता बिपरित निर्वाचनकै दिन मत मागे
काठमाण्डाै,६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।
सरकार प्रमुखले नै आचारसंहिता विपरीत उम्मेदवारलाई विजय गराउन मतदातालाई अपिल गरेर चुनावमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित चुनावको आधारभूत सिद्धान्त विपरीत भएको उजुरीमा उल्लेख छ ।

बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव भैरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पनि आचार संहिता बिपरित एमालेकाे तर्फबाट उम्मेदवार बनेका राम बहादुर थापा बादलकाे पक्षमा मत मागेका छन् ।