काठमाडौं,६ जेठ । कोरोना संक्रमणबाट नेपाल प्रहरीका बहालवाला प्रहरी नायब उपरीक्षक (डिएसपी) काे निधन भएको छ ।
निधन हुनेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसी रहेका छन् ।

उनको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

केसी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।

२ हप्ता अघि काेराेना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।