बुटवल,६ जेठ ।
रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिध सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले जिल्लाकाे गैडहवा गाऊपालिकाद्वारा संचालित कोभिड अस्थायी अस्पतालको लागि १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन ।

कोभिड १९ बाट संक्रमित भई होम आइसोलेसनमा रहेर संक्रमण मुक्त भए पछि सभापति शाहले बुधबार गाउपालिकाका अध्यक्ष्य बच्चुलाल केवटलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन ।
अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै उनलेे जनताको स्वास्थ्य सुरक्षा गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीहरुको मात्र नभई निर्वाचित जनप्रतिनिधी,राजनैतिक दलका नेता कार्यकर्ताहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता बिष्णु पाख्रेलले चुनावको समयमा मात्र जनताको घरदैलो नगरी बिषम परिस्थितिमा पनि जनताको समस्या समाधान र सहानुभुतिका लागि घर घरमा पुग्नु पर्नेमा जाेड दिए ।

अक्सिजन सिलिण्डर ग्रहण गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट ग्रसित भइरहेको समयमा जनप्रतिनिधीको रुपमा प्रतिनिधी सभा सदस्य भरत कुमार शाहबाट भएको सहयोगले गैडहवावासीलाई कोभिड १९ मुक्त बनाउन सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

साे अवसरमा नेपाली कांग्रेसगैडहवा गाऊ कार्य समितिका सभापति सत्य नारायण पथिक, गैडहवा गाउपालिका वडा नं. ९ का वडा अध्यक्ष टेकबहादुर बलाल,नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका सचिव चित्र लाल तुलाचन, बि पि बिचार राष्ट्रिय समाजका जिल्ला सदस्य शिब प्रसाद पोखरेल, तरुणदल सैनामैनाका कोषाध्यक्ष खिम पोखरेल लगायतले गाउँपालिकाद्वारा सञ्चालित काेभिड-१९ अस्थायी अस्पतालकाे अवलोकन गरेका थिए ।