Share this News on Social Networking Pages

काठमाडौं,५ जेठ । नेपालमा बुधबार थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

नेपालमा हालसम्म तीन लाख ६० हजार चार सय तीन जना काेराेना संक्रमित निकाे भएका छन ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

यससँगै नेपालमा पाँच हजार ६ सय ५७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।