Share this News on Social Networking Pages

बुटवल,५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्दिन खानले जानकारी दिए ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

आफू बिरूद्व प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएकाे केही दिनपछि राजिनामा दिएका मुख्यमन्त्री पाेखरेललाई अविश्वासको प्रस्तावकाे टुंगो नलाग्दै प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पुनर्नियुक्ति गरेका थिए ।
प्रदेश सभाबाट अविश्वासको प्रस्तावकाे टुंगो नलाग्दै प्रदेश प्रमुख धर्मनाथ यादवले पाेखरेललाई मुख्यमन्त्रीमा पुनर्नियुक्ति गरेपछि विपक्षी दलहरूले उनी बिरूद्व पुनः अविश्वासको प्रस्ताव दर्ता गरि विशेष अधिवेशनकाे माग गरे पनि प्रदेश प्रमुख यादवले मंगलबार प्रदेश सभाकाे विशेष अधिवेशन बाेलाउन आवश्यक नभएको प्रदेश सभालाई जानकारी गराएका थिए ।